काठमाण्डौ - अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेटकाे 'सुपर सिक्स' मा पुगेकाे छ । दक्षिण अफ्रिकाकाे इस्ट लन्डनमा आज भएकाे खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हरायाे ।
अफगानिस्तानले दिएकाे १ सय ४६ रनकाे लक्ष्य नेपालले ४४ ओभर ४ बलमामा ९ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान देव खनालले अर्धशतक बनाए । देव ८९ बलमा ५८ रन बनाएर आउट भए । यस्तै दीपक बोहराले २७ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भयाे । अफगानिस्तानका माेहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए । नेपालका आकाश चन्दले ५ विकेट लिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० २०:४९
प्रतिक्रिया दिनुहोस्