Sagun Khabar
बैतडीमा महसुल नतिरेका ग्राहकको लाइन काटेपछि १० लाख राजश्व संकलन
Atrya hospital

बैतडी - महसुल नतिरेका ग्राहकको लाइन काटेपछि नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीमा १० लाख  रकम राजश्व संकलन भएको  छ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय बैतडीले १हप्ता विद्युत लाइन काटेर १० लाख रकम राजश्व संकलन गरेको हो ।  

ग्राहकको लाइन काटेपछि  १०लाख  रकम संकलन भएको र रकम बुझाउने ग्राहकको लाइन पुनः जडान गरिएको नेपाल विद्युत प्राधिकरण कार्यालय बैतडीले जनाएको छ । विद्युत लाइन काट्ने क्रम अझैपनि जारी रहेको बताइएको  । २ महिना सम्मको महसुुल नतिर्ने ग्राहकको लाइन काट्ने नियम रहेकाले बेलैमा आफ्नो बक्यौता महसुुल बुझाउन बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडे सबैलाई आग्रह गरेका छन् ।

जिल्लाका १सय ८५ ग्राहकको विद्युत लाइन काटिएको र महशुल नतिरेको ग्राहकको विद्युत लाइन काटिएसंगै रकम तिरेपछि मात्रै पुनः जडान गर्ने  काम भैरहेको उनले  बताए । बैतडीमा हालसम्म २ करोडबढी रकम विद्युत महसुुल वक्यौता रहेको विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । केन्द्रको निर्देशन अनुसार  नेपाल विद्युत प्राधिकरणले बैतडीले पनि  महसुल नबुझाउने ग्राहकको नियमानुसार लाइन काटेर महसुल संकलन गरिरहेको  छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update