Sagun Khabar
बैतडीको डिलाशैनीमा  गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण
Atrya hospital

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको  छ । पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र  कुमारी बैंकको संयुक्त आयोजनामा पालिका भित्र सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको  हो । शिविर मार्फत अहिले  दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख लोक राज जोशीले जानकारी दए ।

कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सँयुक्त आयोजनामा माघ ५ गतेबाटे वडा तथा गाउँगाउँ पुगेर सबै प्रकारको सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण कार्य सुरु गरिएको  उनले बताए  । वृद्धवृद्धा, अशक्त र आपाँङगता भएका व्यक्तिहरुको  सहजताका लागि गाउँ गाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहको उनले बताए ।

डिलाशैनीमा  भत्ता विरतण कार्य  माघ पाँच गतेदेखि सुरु भएको बताइको  छ ।  वडा नं  २ र  ३ मा  बाँकी रहेको  पञ्जीकरण शाखा प्रमुख जोशीले बताए । बाँकी रहेको वडा नं २ बाट पनि बिहीवारबाट सुरु गरिएको र वडा नं  ३ मा  माघ १४गते भत्ता वितरण हुने उनको  भनाइ छ ।  पालिकाले  गाउँघरमै  भत्ता वितरण गर्न थालेपछि सेवाग्रही खुसि भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update