Sagun Khabar
बैतडीकी रेणु चन्द राष्ट्रिय सभा सदस्यमा निर्वाचित
Atrya hospital

बैतडी - बैतडीकी रेणु चन्द राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छिन् । आज भएको राष्ट्रिय सभाको चुनावमा उनि ४ हजार ४५३ मत प्राप्त गरेर  निर्वाचित भएकी हुन् ।  

वि.सं.२०५२ सालमा तत्कालिन नेकपा (माओवादी) मा प्रवेश गरेकी चन्द वि.सं. २०५७ सालदेखि सशस्त्र बिद्रोहमा सकृय हुनुहुन्थ्यो । वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्वर २ मा एकीकृत नेकपा (माओवादी)का तर्फबाट चुनाव लडेकी रेणु चन्द २० हजार २१ मत ल्याई निर्वाचित हुनुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका विनयध्वज चन्दले ६ हजार ३ सय ६६ र तेश्रो स्थानमा रहेका नेकपा (एमाले)का माया भट्टले ५ हजार ६ सय ४६ प्राप्त गर्नु भएको थियो । संविधानसभा निर्वाचन, २०६४ मा महाकाली अञ्चलबाट प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उहाँ एकीकृत नेकपा (माओवादी)को एक मात्र महिला उम्मेदवार हुनुहुन्थ्यो । राष्ट्रिय सभा सदस्यमा  निर्वाचित भएकी चन्द अहिले   नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज समेत रहेकी छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update