बैतडी- लागु औषध नियन्त्रणका लागि बैतडीमा प्रहरीले जनचेतनामुलक प्रशिक्षण कार्यक्रम जारी राखेको छ । विद्यालयमै पुगेर लागु औषध नियन्त्रणका बिषयमा विद्यार्थीहरुसंग अन्तरक्रियात्मक छलफल गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लागु औषध दुव्र्यसनमा किशोरावस्थामा मानिसहरु धेरै फस्ने भएकाले उनीहरुलाई लागु औषध नियन्त्रणका बिषयमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । लागु औषधको प्रयोगले जीवनमा पार्ने प्रभावका बिषयमा छलफलगरेर जानकारी दिने गरिएको उनले बताए ।
यसका साथै लागु औषध सेवन गरेमा हुने हानी र कानुनी कारवाहीका बिषयमा जानकारी दिने गरिएको छ । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बैतडीले समयसमयमा यस्ता कार्यक्रम गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरीचौकीबाट प्रहरी खटाएर सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ ।
लागु औषधको प्रयोगले मानिसको जीवन बर्बाद हुने भएकाले त्यस्तो कार्य रोक्नका लागि प्रहरीले सचेतना फैलाउने काम जारी राखेको प्रहरी प्रवक्ता जोशीले बताए । प्रहरीले अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगेर लागु औषध नियन्त्रणका बारेमा जानकारी दिने काम गरिरहेको छ ।
मंगलबार प्रहरी चौकी कुस्मौतघाट,खोचलेक,रोडीदेवल,महाकाली र अस्थयी प्रहरीचौकी सत्तबाँझबाट खटिएको प्रहरी टोलिले आ–आफ्नो वडा एरिया अन्तर्गत पर्ने बिधालय,वडा,टोलमा विधार्थीहरु,स्थानीयाहरुहरुलाई लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम लगायत विविध बिषयमा जनचेतनामुलक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।