बैतडी- बैतडीका स्थानीय तहले संस्थागत क्षमता स्वमुल्याङ्कनको नतिजा पेस गरेका छन् । गत आर्थिक वर्ष २०७९÷८०मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)मा गत आर्थिक वर्षको स्मुल्याङ्कनको नतिजा पेस गरेका हुन् । स्वमूल्याङ्कनमा सुर्नया गाउँपालिका र पाटन नगरपालिका निकै कमजोर देखिएको पाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाको औसत प्रतिशत ७४ प्रतिशत रहेको छ ।
डिलासैनी गाउँपालिकाको ६९ प्रतिशत रहेको छ । दोगडाकेदार गाउँपालिकाको ७९.७५, मेलौली नगरपालिकाको ६४, पञ्चेश्वर गाउँपालिकाको ८५.२५, पाटन नगरपालिकाको ५०.५, पुर्चाैडी नगरपालिकाको ८५.५, शिवनाथ गाउँपालिकाको ७७.७५, सिगास गाउँपालिकाको ६७.२५ र सुर्नया गाउँपालिकाको ४५ प्रतिशत रहेको पाइएको छ ।
प्रशासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तिय एवं आर्थिक स्थिति, सेवा प्रवाह, न्यायिक स्थिति, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, सहकार्य र समन्वय लगायतका सूचकका आधारमा गरिएको स्वमुल्याकंनका आधारमा यो नतिजा देखिएको हो ।