Sagun Khabar
अनेरास्ववियु नोबेल क्याम्पस कमिटी अध्यक्षमा बैतडीका भट्ट
Atrya hospital

बैतडी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नोबेल क्याम्पस कमिटी अध्यक्षमा बैतडीका भट्ट चयन भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ तडीगाउँ जन्मघर भएका भुवन प्रशाद भट्ट काठमाण्डौँ महानगरपालिकाको सिनामंगल स्थित  नोबेल क्याम्पस अनेरास्ववियु कमिटी अध्यक्षमा चयन भएका हुन् ।

नेकपा एमाले निकट अनेरास्ववियु नोबेल  क्याम्पस कमिटीको चौथौ सम्मेलनबाट भट्ट अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् । अखिल नेपाल  राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका केन्द्रिय सचिव एवं प्रवक्ता प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले भट्टको अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो ।

अध्यक्षमा चयन भएका भट्टले विद्यार्थीको हकहितमा काम गर्ने बताएका छन् । आफुलाई विश्वास गरेर निर्विरोध चयन गर्ने सबै प्रति अभार प्रकट गर्दै भट्टले विद्यार्थीहरुका साझा समस्या  समाधान गर्न  लागि  पर्ने वचन बद्धता व्यक्त गरेका छन् । केहि वर्ष  पहिले काठमाण्डौँ छिरेका भट्ट अध्ययन संगै विद्यार्थी  राजनीतिमा सक्रिय  छन् । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update