बैतडी - बैतडीको शिवनाथमा पानीका मुहान सुक्न थालेपछि सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको छ । पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिका सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
पालिका भित्रका खानेपानीका मुहान सुक्न थालेपछि गाउँसभाबाट सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको पालिकाका प्रवक्ता केशब चन्दले जानकारी दिए । पालिका भित्र रहेका खानेपानीका मुहान सुकेका बताइएको छ। प्रदेश सरकार र पालिकाको करिब ८० लाख बजेटबाट वडा नं ५ मा निर्माण भैरहेको खानेपानी योजनाको मुहान सुकेपछि अहिले झन समस्या भएको बताइएको छ ।
स्थानीय सिमार लिफ्ट खानेपानी योजना निर्माण पूरा नहुँदै मुहानको पानी सुकेपछि आइतबार १२औँ गाउँ सभाबाट शिवनाथ गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको हो । पानी नहुँदा शिवनाथ गाउँपालिका भित्र समस्या सिर्जना भएको प्रवक्ता चन्दले बताए । सडक निर्माण र लामो खडेरीका कारण शिवनाथमा पानीका मुहानमा सुक्दै गएको सरोकारवालाको भनाइ छ ।
पानीका मुहान रिचार्ज गर्ने प्रयास गरिए पनि खडेरीका कारण सफल हुन नसकेपछि गाउँपालिकालाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । यस्तै गाउँपालिकाले महाकालीको पानी तान्ने पहल पनि गरिरहेको जनाएको छ । पालिकामा भएका मुहान सुकेकाले अब महाकालीको पानी तान्न विस्तृत अध्ययन प्रतिवेदन भइरहेको पालिका प्रवक्ता चन्दको भनाइ छ ।