Sagun Khabar
बैतडीः  मधु सामुदायिक वनको सहयोगले महादेव आविको भवन मर्मत 
Atrya hospital

बैतडी- बैतडीको एक सामुदायिक वनले विद्यालयको भवन निर्माण गर्न आर्थिक सहयोग गरेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं २  मा रहेको महादेव आधारभूत विद्यालय अल्कापुरी ठटेलाइ वडा नं २ कै   मधु सामुदायिक वन उपभोक्ता समितिले ५० हजार आर्थिक सहयोग गरेको हो ।

भुकम्पले भत्केको महादेव आविको भवन मर्मतका लागि  लागि सामुदायिक वनले  आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नवराज भट्टले जानकारी दिए । सो रकमबाट चारकोठे भवन मर्मत गरिएको उनले  बताए । नगपालिकाबाट मिलेको जस्तापा र सामुदायकि वनले  गरेको  सहयोगले भवन मर्मत गरिएको उनको  भनाई छ ।

महादेव आविमा भवनको अभाव छ । भवन अभावले समस्या हुने  गरेको विद्यालय परिवारले जनाएको छ । गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टर स्केलको भूकम्पले महादेव आविको विद्यालयको तीनकोठे भवन भत्कीएको थियो  । उक्त भवन आर्थिक अभावले पुर्नर्निमाण गर्न  नसकिएको  प्रधानाध्यापक भट्टले  बताए । भवन अभावमा पठनपाठन प्रभावित हुँदै आएको छ ।  

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update