Sagun Khabar
बैतडीको दोगडाकेदारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडी- बैतडीको दोगडाकेदारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । श्रीकेदार संस्कृति संरक्षण समाज दोगडाकेदारको आयोजनामा यहि माघ २२ गते पिपलकोटमा निःशुल्क  शिविर सञ्चालन हुने भएको हो । केहि दिने पहिले सञ्चालन भएको सांस्कृतिक महोत्सवमा विविध कारणले रोकिएको स्वास्थ्य शिविर २२ गते सञ्चालन हुने श्रीकेदार संस्कृति संरक्षण समाज दोगडाकेदारका अध्यक्ष सुरेन्द्र प्रशाद भट्टले जानकारी दिए ।

काठमाण्डौँ मेडिकल कलेज तथा टिचिङ अस्पताल संगको समझौता अनुसार शिविर सञ्चालन भैरहेको उनले  बताए । शिविर दोगडाकेदार ४ पिपलकोटमा रहेको श्रीकेदार माविमा लाग्ने बताइएको छ । सो शिविरमा जनरल मेडिकल,स्त्रीरोग, बाल रोग, शल्यकृया, मानसिक तथा नसा रोग,हाडजोर्नि तथा नशा, छाला तथा यौनरोग सेवा दिइने आयोजकले जनाएको  छ ।

Atrya hospital

यस्तै  नाक, कान, घाँटी, दन्त, मृगौला, र मुटु रोग सम्बन्धि सेवा दिइने बताइएको छ । शिविरमा आएर सेवा लिन पनि सबैमा आग्रह गरिएको  छ । 

420100721_3616786731972641_3096430734890879058_n-1705980314.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update