Sagun Khabar
बैतडीको दनपाले महिलाका लागि लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै 
Atrya hospital

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले महिलाका लागि निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । अप्राविधिक खरीदार, प्राथमिक तहको शिक्षक सेवा आयोगका लागि निशुल्क कक्षा सञ्चालनको तयारी भएको दशरथचन्द नगरपालिकाकामा कार्यरत खरीदार लक्ष्मी विष्टले जानकारी दिइन् ।महिलाहरुको सरकारी सेवामा पहुँच पुर्याउनका लागि खरीदार र शिक्षक पदका लागि कक्षा सञ्चालनको तयारी भएको नगरपालिकाले जनाएको छ ।

दशरथचन्द नगरपालिकाभित्रका इच्छुक महिलाहरुले यही माघ १२  गतेभित्र आवेदन दिन समेत आग्रह गरिएको छ । तयारी कक्षामा सहभागी हुन चाहनेहरुले एक प्रति पासपोर्ट साइजको फोटो र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।  नगरपालिकाले सञ्चालन गरेको कक्षामा निरन्तर सहभागी हुन सक्ने र १८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका महिलाहरुले आवदेन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग र शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर कक्षा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । तयारी कक्षा १६ गते  देखि सञ्चालन हुने  बताइएको  छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update