बैतडी- बैतडीमा जंगली बँदेलको अक्रमणबाट दुई जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल बँदेलकाको अक्रमणबाट घाइते हुनुभएको हो ।
आइतबार दिउंसो घरमै बसीरहेका जोशीमाथी बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने ९ वर्षीया बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो । बालिकाको टाउकोमा गम्भिर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भिर चोट लागेको बताइएको छ। घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १८:०५
प्रतिक्रिया दिनुहोस्