Sagun Khabar
सीप विकास तालिमका लागि बैतडीमा ३० लाख बजेट, कहाँबाट कसरि हुँदै छ कार्यान्वयन ?
Atrya hospital

बैतडी- घरेलु तथा साना उद्योग कार्यालयले  यो वर्ष पनि सीपविकास तालिम सञ्चालन गर्ने  भएको  छ। सीप विकास तालिमका  लागि चालु आर्थि वर्ष २०८०÷८१ का लागि सुदूरपश्चि प्रदेश सरकारबाट ३० लाख बजेट प्राप्त भैसकेको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका प्रमुख अम्बा दत्त जोशीले जानकारी दिए ।

प्रदेशको उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयबाट सीप विकास तालिमका लागि लागि ३० लाख बजे प्राप्त भएको उनले बताए । बजेट प्राप्त भएपछि कार्यालयले तालिम लिन इच्छुकहरुका लागि सूचना जारी गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालयले यो वर्ष हाउस वाइरिङ, टायल मार्बल फिटिङ्ग, झ्यालढोका फिटिङ्ग,मोटरसाइकल र गाडी मर्मत ,वेल्डीङ, टीभि, कम्पयुटर मर्मत ,फ्रिज एसि, कुलर र पंखा मर्मत पेन्टीङ,र विद्युतिय मोटर, बोरिङ मर्मत सम्बन्धित तालिम सञ्चालनका लागि सूचना जारी गरेको थियो ।

सो मध्ये हाउस वाइरिङका लागि आवेदन परेकोमा अहिले  पाटनमा   तालिम सञ्चालनमा रहेको  घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण सिंह साउदले बताए । फेरि सूचना जारी गरिने र माग अनुसार तालिमहरु सञ्चालन हुने उनले बताए । घरेलु तथा साना उद्योग कार्यालयले  घरेलु तथा साना उद्योग कार्यालयले प्रत्येक वर्ष  तालिम सञ्चालन गर्दै  आएको  छ ।  सञ्चालित कार्यक्रम प्रभावकारी  नभएका गुनासा पनि बढ्दै गएका छन् । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update