बैतडी- दाइ संग भारत जाँदै गरेका बेला बेपत्ता भएका बैतडीका एक किशोर अझै भेटिएका छैन्न। गत मंसिर १९ गते आफ्नो सहोदर दाइ संगै भारतको बेंगलोर गइरहेका जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ जेब्लाडाँडाका १८ वर्षिय महेश धामी (पुनम ) बेपत्ता भएका थिए । बेपत्ता भएका पुनम अहिले सम्म फेला नपरेका पारिवारिक स्रोतले जनाएको छ ।
नयाँ दिल्लीबाट ट्रेनमा संगै जानेबेला महाराष्ट्रको हेमन्त नगरपास भन्ने ठाउँबाट सम्पर्क बिहिन भएका उनि अहिले सम्मम सम्पर्कमा नआएका बेपत्ता पुनका दाई नवराज धामीले बताए । भाइ हराएपछि आफुहरुले सो खोजतलास गरेपनि अहिले सम्म पत्ता नलागेको उनले बताए । पुनम हारएपछि खोजि गरिएपनि सम्पर्कमा नआएका भारतको हैदराबादमा रहेका सुर्नया २ का युवा बिनोद बहादुर विष्टले बताए ।
अहिले पनि सोधपुछ कार्य जारी रहेका भन्दै उनले पुनमलाई कसैले कहिँकतै भेटे भारतिय मोबाइल नम्बर ९१८२९२४९४५ मा फोन गरेर खबर गरिदिन सबैलाई आग्रह गरेका छन् । भारत जाँदै गर्दा बिच बाटोबाटै हारएका पुनम सम्पर्कमा नआएपछि घरपरिवार चिन्तामा छ ।