Sagun Khabar
कमाउन भारत गएका बैतडीका दिपक  बेपत्ता, फेसबुकबाट पीडा पोख्दै श्रीमतीको रुवाबासी !

बैतडी- भारतमा काम गर्ने बैतडीका एक जना युवक झण्डै  ३ वर्ष देखि बेपत्ता छन् । जिल्लाको  पाटन नगरपालिका  वडा नं  ५ कद्वार घर भएका ३५ वर्षका दानबहादुर चन्द दिपक २०७८ साउन देखि  बेपत्ता रहेका हुन् ।

भारतको पञ्जापमा काम गर्ने उनि ३ वर्ष देखि सम्पर्कमा नआएका बेपत्ता दिपककी श्रीमती पूजा चन्दले जानकारी दिइन् । श्रीमान बेपत्ता हुँदा आफु समस्यामा परेकी उनले बताइन् । कमाउन भारत गएका श्रीमान अहिले सम्म सम्पर्कमा नआएपछि आफुहरुको विच्चली भएको उनको  भनाई छ । बेपत्ता चन्दकी श्रीमती पूजाले रुदै फेसबुक मार्फत पीडा सुनाएकी छिन्। पोष्ट गरिएको भिडियोमा  श्रीमान बेपत्ता भएपछि आफु बेसहारा भएको भन्दै पूजा डाँको छाडेर रोएकी छिन् ।

Atrya hospital

पूजाकी कक्षा ७ मा पढ्ने १२  वर्षकी छोरी पनि छिन् । दिपक फर्किने आशा बोकेर बसेको आमा छोरीलाई तीन वर्ष पुग्दैछ । तर उनि फर्केका छैनन्। दिपक श्रीमती र छोरी लगेर ११ वर्ष पहिले  कैलाली गएका बताइन्छ । छोरी र श्रीमतीलाई  कोठामा राखेर नौकरी गर्न उनि भारत गए  । बेपत्ता दिपककी श्रीमती  पूजाका अनुसार भारतको पञ्जापमा नौकरी गर्ने उनले घरमा पैसा पठाएपछि आफु बिरामी हुने गरेको बताएका थिए ।

बिरामी श्रीमानलाई पुजाले घर बोलाएकोमा उनी बाटोबाटै  हराएका हुन्  । श्रीमानले  घर आउँदा भारतको युपी मेड पुगेको खबर गरेपनि त्यसपछि सम्पर्कनै  नभएको पूजाले बताइन् । सम्पर्क विहिन भएपछि भारतमा खोजतलासको प्रयास भएको  थियो तर कतै नभेटिएका बताइएको  छ । अहिले आफु ज्यालामजुदुरी गरेर छोरीलाई हुर्काइ रहेको उनको भनाई छ । कैलालीको गेटामा बस्दै आएकी पूजाले श्रीमानको खोजिका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छिन् ।    

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update