Sagun Khabar
बैतडीको मालिका माविले निकाल्यो विज्ञप्ती, विद्यालयको बदनाम गर्ने माथि कारबाही गर्न माग 

बैतडी- बैतडीको  एक विद्यालयले भिडियो पोष्ट गरेर  बदनाम गर्ने माथि कारबाही गर्न माग गरेको  छ । ३ गते बुधवार बेलुकातिर  जिल्लाको  पुर्चौडी नगरपालिका ४  भटनामा  रहेको मालिका माविको  नाम जोडेर एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको  थियो । सो भिडियोमा  विद्यार्थीहरु विच एक आपसमा झगडा भइ अश्लिल शब्द प्रयोग गरेर गालिगलौच भैरहेको थियो ।

सो भिडियोमा देखिएका विद्यार्थी  मालिका माविका हुन भनेर सामाजिक सञ्जाल फेसबुकमा सेयर भएपछि विद्यालय परिवारले बिहीवार एक विज्ञप्ती निकालको हो ।  विज्ञप्ती मार्फत विद्यालय परिवारले  बदनाम गर्ने व्यक्ति माथि कारबाही गर्न  माग गरेको छ । मालिका माविका विद्यार्थी हुन भनेर फेसबुकमा सेयर गरिएको  भिडियो प्रति विद्यालय परिवारले आपत्ती समेत जनाएको छ ।

Atrya hospital

साथै विद्यालयले फेसबुकमा भाइरल बनेको  भिडियोमा मालिका माविका विद्यार्थी नभएका स्पष्ट पार्दै  नियोजित ढंगबाट बदनाम गर्ने माथि कारबाही प्रकृया अगाडी बढाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । विद्यालयको  नाम जोडेर फेसबुकमा सेयर गर्नेहरुको खोजि गरि  कारबाही प्रकृया  अगाडी  बढाउन माग गरिएको  विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र भट्टले  बताए।   विद्यार्थीहरुबिच झगडा भएको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा  भाइरल छ ।

तर त्यो भिडियोमा देखिएका विद्यार्थी कुन विद्यालयका हुन पत्ता लागेको छैन् । स्कुल युनिफममै विद्यार्थीहरु बिच कुटपिट र अश्लिल शब्द प्रयोग गरेर गालिगलौच भएको दृश्य त्यो भिडियोमा देखिएको  छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update