Sagun Khabar
बैतडी टिप्पर दुर्घटना अपडेटः घाइते सहचालकको मृत्यु !
Atrya hospital

बैतडी-  बैतडीको लामालेकमा टिप्पर दुर्घटनामा  परेर घाइते भएका  सहचालकको मृत्यु भएको  छ ।   मेलौलीबाट पाटन तर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको  टिप्पर दुर्घटनामा परेर मेलौली १ का  १९ बर्षीय रोहित दयालको  घटनास्थलमै मृत्यु भएको  हो । टिप्पर दुर्घटना परेर घाइते भएका  सहचालक  दयालको घटनास्थलमै  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले  जानकारी दिए ।

उनका अनुसार टिप्पर दुर्घटना हुँदा उनि च्यापिएर  उद्धारमा कठिनाइ भैरहेको  थियो । जेसिबी  मगाएर  उद्धार गर्दा उनि मृत फेला परेका हुन् । उद्धारमा ढिलाई हुँदा रोहितले  ज्यान गुमाउनु परेको स्थानीयहरुको  भनाई  छ ।  लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक बिहीवार बिहान साढे ८ बजे   टिप्पर दुर्घटनामा परेको थियो ।   चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटालाई सामान्य चोट रहेको र उनि अहिले  प्रहरीको  नियन्त्रणमा छन् । टिप्पर सडकबाट ५० मिटर तल  खसेको  बताइएको  छ ।  दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update