बैतडी- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको छ । मौसमी कामदार पठाउन बैतडीका पालिकाहरुले पनि कोरियाको एक कम्पनीसँग सम्झौता गरेका थिए ।
जिल्लाको पाटन र मेलौली नगरपालिकाले मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन एउटा निजी कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर गरेकोमा मन्त्रालयले यो कार्य कानुन र अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न र गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८० ११:००
प्रतिक्रिया दिनुहोस्