Sagun Khabar
बैतडीको लामालेकमा टिप्पर दुर्घटना, चालक र सहचालक घाइते 
Atrya hospital

बैतडी-  बैतडीको लामालेकमा टिप्पर दुर्घटना भएको  छ ।  मेलौलीबाट पाटन तर्फ आइरहेको रित्तो टिप्पर बिहीवार  बिहान मेलौलीको  लामालेकमा दुर्घटनामा परेको हो । सुप्रप ०१००१ क २३९४ नम्बरको टिप्पर लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिए  ।

 टिप्पर सडकबाट ५० मिटर तल खसेको उनले  बताए । दुर्घटनामा परी टिप्पर चालक र सहचालक घाइते भएका छन् ।  चालक मेलौली १ का २४ बर्षीय गम्भीर टमटा र सहचालक मेलौली १ कै १९ बर्षीय रोहित दयाल घाइते  भएका हुन् । घाइते दयालको  अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरुको उद्धार भइरहेको  छ ।

दुर्घटनाको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय  बैतडीले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update