Sagun Khabar
बैतडीको दोगडाकेदारमा सञ्चालित सांस्कृतिक महोत्सव तथा व्यापार मेला सम्पन्न 

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा सञ्चालित  श्रीकेदार सांस्कृतिक महोत्सव तथा व्यापार मेला सम्पन्न भएको छ । गत पुष २७ बाट सञ्चालित बृहत कृषि, पर्यटन स्वास्थ्य शिविरसहित सांस्कृतिक महोत्सव र व्यापार मेला  सम्पन्न भएको  आयोजक श्रीकेदार संस्कृति संरक्षण समाजका अध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए । मंगलबार नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर  चन्दको  प्रमुख आतिथ्यतामा महोत्सव सम्पन्न भएको उनले  बताए ।

संस्कृतिको संरक्षण गर्ने र स्थानीय बजारको विकासका लागि मेलाको आयोजना गरिएको उनले बताए । सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको परराष्ट्रमन्त्री एनपी साउदले उद्दघाटन गरेका थिए ।श्रीकेदार मावि पिपलकोटको प्रांगणमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राखेका थिए ।

Atrya hospital

महोत्सव तथा व्यापार मेलामा  स्वास्थ्य शिविर सञ्चालन गरिएको  थियो । यस्तै पौष २८ र २९ गते आँखाका बिरामीहरुका लागि शल्यक्रियासहितको शिविर सञ्चालन भएको थियो । गेटा आँखा अस्पतालसँगको सहकार्यमा सञ्चालित आँखा शिविरमा ३ सय ७६ जनाले सेवा लिएका  महोत्सव आयोजक समिति अध्यक्ष भट्टले बताए ।

 उनका अनुसार ५५ जनालाई  चस्मा वितरण, ५३ जनाले  अप्रेसन सेवा लिएका छन्  भने   भने २ सय ६८जनाको  सामान्य चेकजाँच गरिएको  हो । आयोजक समितिले महोत्सव सम्पन्न गर्न  सहयोग गुर्न हुने सबैलाई  धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता सांस्कृतिक महोत्सव तथा व्यापार मेलाका साथै स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update