Sagun Khabar
नेपाली कांग्रेस महाधिवेशन : को को छन् बैतडीमा सभापतिका दाबेदार ?

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आउँदै गर्दा बैतडीमा नेतृत्व कसले लिने भन्ने बिषयमा चर्चा हुन थालेको छ । बैतडीमा पार्टी सभापतिका लागि झण्डै एक दर्जन नेताले आकांक्षा राखेको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । उनले भने ‘जिल्लामा पनि महाधिवेशनको चहलपहल शुरु भईसकेको छ । नेताहरु नेतृत्वका लागि दाबी प्रस्तुत गर्न थालेका छन् ।’

बैतडीमा झण्डै एक दर्जन नेताले सभापति बन्ने इच्छा देखाएको सचिव चन्दले बताए । उनले भने ‘महाधिवेशनको संशोधित कार्यतालिका आउन सक्छ । त्यो कार्यतालिका पछि थप चहलपहल हुन्छ ।’

Atrya hospital

नेपाली कांग्रेसको सभापतिमा वर्तमान सभापति नरेन्द्रसिंह थापा सहित ९ जना इच्छुक देखिएका छन् । पार्टीका पूर्व सभापति शिवराज भट्टले पनि सभापतिका लागि दाबी प्रस्तुत गर्ने भएका छन् । लामो समयदेखि पार्टीमा रहेकोले पार्टीमा सभापति दाबेदारी प्रस्तुत गर्ने उनी निकट नेताहरुले बताएका छन् । 

यस्तै वर्तमान उपसभापति चतुरबहादुर चन्द पनि सभापतिको लागि दौडधुपमा लागेका छन् । पार्टीलाई गति दिन चन्दले सभापतिको दाबी प्रस्तुत गरेको उनी निकट नेताहरुले बताएका छन् । 

यस्तै वर्तमान सचिव बीरबहादुर बिष्टले सभापति बन्ने इच्छा देखाएका छन् । एक कार्यकाल पार्टीको सचिव भईसकेकाले अब सभापतिमा आफ्नो दाबी रहेको उनले बताए । 

वर्तमान कोषाध्यक्ष रमेश पाण्डेय, पार्टीका पूर्व उपसभापति हरिसिहं धामी, महासमिति सदस्य केशवबहादुर चन्द, महाधिवेशन प्रतिनिधि दीपकबहादुर बम र पूर्व उपसभापति प्रताप ठगुन्नाले पनि सभापति बन्ने इच्छा देखाएको जिल्ला सचिव चन्दले जानकारी दिए । पार्टीको महाधिवेशन नजिकएसंगै नेता कार्यकर्ताहरुको दौडधुप शुरु भईसकेको उनले बताए । 

बैतडीमा धेरै जनाले सभापतिका लागि आकांक्षा देखाएपनि अन्तिममा दुई खेमाका दुईजना उम्मेद्वारा हुने आँकलन गरिएको छ । संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुन सक्ने कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update