बैतडी- हमासको कब्जामा रहेका भनिएका विपिन जोशी सुरक्षित रहेको परराष्ट्रमन्त्री एनपी साउँदले दाबी गरेका छन् । परराष्ट्र मन्त्री साउदले इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको रिहाइको पहल गरिरहेको आश्वासन दिएका छन् ।
आज (शुक्रबार) डडेलधुरामा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले जोशीको उद्धारका लागि सरकारले पहल गरिरहेको बताए । उनले विपिन जोशीसहित १३२ जना अहिले पनि हमासको नियन्त्रणमा रहेका र रिहाइका लागि सरकारले इमान्दारीका साथ प्रयास गरिरहेको बताएका हुन् ।
युद्धबन्दीकोरुपमा विपिन जोशीको जीवन सुरक्षित रहेको र रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको पनि स्पष्ट पारेका छन् । उनले विद्यार्थी भिसा र भिजिट भिसा लगायतमा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताए ।
आठ वटा शवहरू अहिले त्यहाँको शव गृहमा राखिएको कुरा जानकारि आएको र ती शव नेपाल ल्याउनका लागि कूटनीतिक पहल भइरहेको उहाँले बताए ।