Sagun Khabar
बैतडीमा मंगलबार नयाँ संक्रमितको संख्या शुन्य, संक्रमणमुक्त हुने पनि शुन्य 
Atrya hospital

बैतडी –बैतडीमा मंगलबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लाभरी ५४ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणमुक्त हुनेको संख्या पनि शुन्य रहेको छ । जिल्लामा अहिले ६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा १८ जना, पाटन नगरपालिकामा ९ जना, सुर्नया गाउँपालिकामा ९ जना र दशरथचन्द नगरपालिकामा ७ जना रहेका छन् ।

यस्तै पुर्चौंडी नगरपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, मेलौली नगरपालिकामा १ जना, शिवनाथ गाउँपालिकामा एकजना र सिगास गाउँपालिकामा एक जना रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १५:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update