Sagun Khabar
सुदूरपश्चिममा एकैदिन पाँच जनामा कोरोना पुष्टि 

बैतडी – सुदूरपश्चिममा आज एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीको गौरीफन्टा नाकाबाट स्वेदश फर्किएका पाँच जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । 

बुधवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर १२० जना, बैतडीको झुलाघाट नाका भएर ८, कैलालीको गौरीफन्टा नाकाभएर ३९९ र दार्चुलाको पुलघाट नाकाभएर ५ जना सुदुरपश्चिम भित्रिएका छन् । 

Atrya hospital

सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिएका ५३२ जनामध्ये १८६ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएको छ । 

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्टका बिरामी फेला परेकाले सीमा नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update