बैतडी – सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा दिइएको छ । भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बाजुरा, बझाङ लगायतका जिल्लाहरुमा उल्लासपूर्वक मनाइने भुवा पर्वको अवसरमा बिदा दिइएको हो । यो पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।
पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले तराईका जिल्लाहरुमा पनि भुवा पर्व मनाउने गरेका छन् ।
सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १६:०४
प्रतिक्रिया दिनुहोस्