Sagun Khabar
महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग सुचारु 
फाइल फोटो

बैतडी –लगातारको बर्षाका कारण अवरुद्ध भएको महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग सुचारु भएका छन् । दुवै सडकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएका हुन् । महाकाली राजमार्ग अन्त सतबाँझ –गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमाथिबाट खसेको पहिरो पन्छ्याएपछि सवारी साधन सञ्चालन जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

Atrya hospital

यसैगरी जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सो ठाउँको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए  ।

बर्षातको समयमा जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update