Sagun Khabar
पहिरोका कारण महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध 
फाइल फोटो

बैतडी –लगातारको बर्षाका कारण महाकाली लोकमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । महाकाली राजमार्ग अन्त सतबाँझ –गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरु बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । पहिरो पन्छ्याउनका लागि प्रयास भईरहेको उनले बताए । महाकाली लोकमार्ग अवरुद्ध हुँदा दार्चुलातिर जाने गाडीहरु र दार्चुलाबाट अन्यत्रका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । 

Atrya hospital

यसैगरी जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । लगातारको बर्षाले सडकमा पहिरो खसेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए । 

जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा गाडीहरु रोकिएका छन् । बर्षातको समयमा जयपृथ्वी राजमार्ग बेलाबेला अवरुद्ध हुने गरेको छ । दुवै राजमार्गमा मंगलबार बिहान पहिरो खसेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०९:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update