Sagun Khabar
लेन्थवर्करहरुको अनसन १९औ दिनपनी जारी 

बैतडी-काम गरे वाफतको तलव माग गर्दै बैतडीको पाटनमा लेन्थवर्करहरुको अनसन आज १९ दिन सम्मपनि जारी रहेको छ ।

२१ महिना सम्मको तलब पाउन बाकीँ रहेका उनिहरु १९ दिनदेखी अनसन बसेपनि आफ्ना माग प्रति सुनुवाई नभएकाले अनसन जारी राखेको लेन्थवर्कर घनस्याम भट्टले बताए । आफुहरु अनसनमा बसेका बेला स्थानियतहका जनप्रतिनिधि र प्रदेश सांसदहरु भेट्न आएपनि कुनै ठोस कदम नचालेको उनले बताए ।

Atrya hospital

तलव नपाएको बिषयमा पुर्वाधार बिकास कार्यालय बैतडी र सुदुरपश्चिम प्रदेस सरकार गैर जिम्मेवार बनेको लेन्थर्वकरहरुको आरोप छ । 

अनसनमा बसिरहेका लेन्थवर्करहरुको माग पुरागर्न आश्वासन दिएपनि कुनै निर्णय नभएकोले अनसन जारी राखेको लेन्थवर्कर जयराम भूलले बताए । आफुहरु त्रिपालमुनि अनसनमा बसेको धेरैदिन भैसकेकाले आफुहरुको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको उनले बताए । आफु बाथ रोगको बिरामी समेत रहेकाले समस्या बढेको भूलले बताए ।

 यसैगरि लेन्थवर्कर लक्ष्मी पन्त अनसनकै क्रममा ३ पटक बिरामी परेकी थिइन् । लेन्थवर्करको मागका बिषयमा छलफल गर्न बनेको जिल्ला स्तरीय समितिले माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपनि अनसन रोकिएको छैन् ।

आफुहरुले प्रदेश सरकारलाई कानुन बनाएर तलव खुवाउन पहल थाल्ने भनी लेन्थवर्करहरुलाई आश्वासन दिएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए । अहिले कानुन नबनेको अवस्थामा स्थानिय तहबाट पाएको सहयोग रकम उपभोग गर्न र कानुन बनेपछि तलव पाउने आश्वासन दिएको उनले बताए ।

तर आफुहरुको तलव प्रतिब्यक्ति ४लाख बढी हुनेमा पालिकाबाट २०हजार मात्रै पैषा दिन खोजेकाले उक्त रकम नबुझ्ने लेन्थवर्करहरुको अडान छ । २१महिनाको पुरै तलव पाउने ग्यारेन्टी नभएसम्म अनसन नतोड्ने उनिहरु बताउदैँ आएकाछन् । 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update