Sagun Khabar
सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शंकर संस्कृत मावि मूलखटालीलाई 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नं ६ स्थित शंकर संस्कृत मावि मूलखटालीले हात पारेको छ । मंगलबार सम्पन्न भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मूखटालीले हात पारेको हो । 

८ स्वर्ण, ५ रजत, ३ कास्य गरी १६ पदकसहित रनिङ शिल्डको उपाधि शंकर संस्कृत मावि मूलखटालीले हात पारेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । शिल्डको उपाधिसंगै मावि मूलखटालीले नगद २५ हजार समेत हात पारेको छ । 

Atrya hospital

यस्तै सुर्नया ७ स्थित केदार मावि कठमडा ५ स्वर्ण, ६ रजत, ३ कास्य गरी १४ पदक सहित दोश्रो भएको छ । उसले २० हजार नगद पुरस्कार पाएको छ । 

यस्तै ४ स्वर्ण, ५ रजत र ८ कास्यगरी १७ पदक जितेको वडा नं ५ स्थित रौलेश्वर मावि रामकी बरायल तेश्रो भएको छ । उसले नगद १५ हजार पुरस्कार प्राप्त गरेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

वासुदेव मावि लिस्किटाले ३ स्वर्ण २ रजत, ७ कास्यगरी १२ पदक जितेर सान्त्वना स्थान प्राप्त गरेको छ । उसले ८ हजार नगद पुरस्कार पाएको छ । 

यही पौष १४ गतेदेखि शुरु भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । 

गत बर्ष पनि गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शंकर संस्कृति मावि मूलखटालीले नै हात पारेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update