Sagun Khabar
सुर्नयामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु 

बैतडी–बैतडीको सुर्नयामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । सुर्नया गाउँपालिका ५ स्थित रौलेश्वर मावि रामकी बरायलको प्रांगणमा प्रतियोगिताको शनिबार उद्दघाटन गरिएको हो । 

गाउँपालिकाका सामाजिक विकास समिति संयोजक केशवबहादुर बिष्टको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । 

Atrya hospital

प्रतियोगिता उद्दघाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

यही पौष १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरी रहेका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद २५ हजार ५ सयसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ भने दोश्रो हुने विद्यालयलाई नगद २० हजार ६२५ सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । 

यस्तै प्रतियोगितामा तेश्रो हुने विद्यालयलाई नगद १५ हजारसहित शिल्ड र प्रमाण पत्र प्रदान गरिने छ भने सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई नगद ५ हजार २५० सहित शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ । 

प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि गाउँपालिकाको टीम तयार हुने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update