Sagun Khabar
कर्मचारी मिलन केन्द्र बैतडीद्वारा जगन्नाथ मन्दिरमा सप्ताह ज्ञान महायज्ञको आयोजना 

बैतडी –बैतडीको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा आजदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । कर्मचारी मिलन केन्द्र बैतडीको आयोजना जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

सबै कर्मचारीहरुको संयुक्त पहलमा महायज्ञ शुरु भएको उनले बताए । धार्मिक परम्परा अनुसार कर्मचारी मिलन केन्द्रका तर्फबाट जगन्नाथ मन्दिरमा ज्ञान महायज्ञ शुरु भएको उहाँले बताए । 

Atrya hospital

जगन्नाथ मन्दिरमा पूजापाठ तथा यज्ञयज्ञादि गरेमा विभिन्न संकटबाट पार पाइने विश्वास रही आएको छ । राष्ट्रसेवक कर्मचारीहरुलाई देशप्रति अझै सेवा गर्ने प्रेरणा मिलोस भनेर संयुक्त रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । 

यस्तै जगन्नाथ मन्दिरमा पूजाआजा गरेमा विभिन्न खालका महामारीबाट पनि बच्न सकिने जनविश्वास रही आएको छ । सो मन्दिरमा सात दिन सम्म कथाप्रवचन सहित महायज्ञ सञ्चालन हुने बताईएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update