Sagun Khabar
बैतडीमा गत आवमा १४ सडक दुर्घटना, ३४ जनाको ज्यान गयो 

बैतडी –बैतडीमा गत आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा विभिन्न समयमा भएका सडक दुर्घटनामा गत आर्थिक बर्षमा ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

गत आर्थिक बर्षमा कार्तिक महिना ३, पौष महिनामा ५, माघ महिना १, वैशाख र असार महिनामा २÷२ ओटा सवारी दुर्घटना भएका उनले बताए । ती सवारी दुर्घटनामा परेर ७८ जना घाइते भएका छन् । 

Atrya hospital

१४ ओटा सवारी दुर्घटना मध्ये ११ ओटा कच्ची सडकमा भएका प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको उनले बताए । 

ग्रामीण कच्ची सडकहरु गुणस्तरीय नहुनु, मोडहरुमा समस्या हुनु, अनुभवी चालक नहुनु लगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका उनले बताए । 

यस्तै ग्रामीण कच्ची सडकहरुमा ट्राफिक नियम पालना नहुनुले पनि सवारी दुर्घटना बढ्दै गएका छन् । ग्रामीण कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण पनि सडक दुर्घटना बढ्दै गएको सिगास गाउँपालिका ३ का राजेन्द्रसिंह धामीले जानकारी दिए । सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरु भएपनि सडक दुर्घटनामा भने कमी आउन सकेको छैन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update