दार्चुला - दार्चुलाको मार्मा गाउपालिका वडा नं. ६ ले वडाभित्र रहेका सम्पुर्ण बिद्यालयहरुलाई ग्याँस सिलिण्डर र चुलो बितरण गरेको छ ।
दिवा खाजा कार्यक्रमलाई ब्यवस्थापन गर्न बिद्यार्थीले दैनिक बिद्यालय जादा दाउरा लैजानुपर्ने झन्झटबाट मुक्त गर्न ग्याँस सिलिण्डर र चुलो बितरण गरेको वडा अध्यक्ष सन्तोष सिंह कोट्टारीले बताए ।
वडा न ६ भित्र रहेका दुई माध्यामिक विद्यालय र सातवटा आधारभुत तहका गरि नौ वटै बिद्यालयहरुलाई १८ वटा ग्याँस सिलिण्डर र ९ वटा ग्यास चुलो बितरण गरिएको वडा अध्यक्ष सन्तोष सिंह कोट्टारीले बताए ।
करिब १ लाख पचास हजार रकम बराबरको ग्याँस चुलो बितरण गरिएको वडा अध्यक्ष कोट्टारीले बताए ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्