Sagun Khabar
सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी शिवलिङ्ग माविलाई 

बैतडी –बैतडीको सिगास गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शिवलिङ्ग मावि धौलाडीले हात पारेको छ । ७ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित शिवलिङ्ग मावि शिल्ड हात पारेको हो । उसले प्रथम हुँदै नगद १२ हजारसहित शिल्ड र प्रमाण पत्र हात पारेको छ । 

यस्तै प्रतियोगितामा ६ स्वर्ण, २ रजत र १ कास्य पदक जितेको शारदा मावि ढुंगाड दोश्रो भएको छ । उसले नगद १० हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । 

Atrya hospital

यस्तै प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गरेको अर्जुन मावि गाँजरी तेश्रो भएको छ । उसले नगद ८ हजारसहित शिल्ड र प्रमाणपत्र हात पारेको भट्टले बताए । 

यही पौष ७ गतेबाट शुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगितामा पालिकाभरीका १५ विद्यालयहरुको सहभागिता रहेको थियो । 

सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरीको अध्यक्षतामा भएको समापन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । 

प्रतियोगिता समापन समारोहमा गाउँपालिका उपाध्यक्ष धाना धामी, वडा अध्यक्षहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update