बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा भइरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्डको उपाधी निङ्गलाशैनी माविले जितेको छ । ७ स्वर्ण, ८ रजत र ६ कास्य प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको निङ्गलाशैनीले ३५ हजार नगदसहित, ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगितामा दोस्रो भएको दानेश्वर मा.वि. रातामाटा ५ स्पर्ण, ३ रजत र २ कास्य पदक प्राप्त ग¥यो । उसले नगद २५ हजार पुरस्कार प्राप्त गर्यो । ४ स्वर्ण, ३ रजत र १ कास्यसहित केदार नार्गाजुन मावि बगलेखान तेस्रो स्थान हासिल गरेको हो । बगलेखानले रु १५ हजार पुरस्कार प्राप्त गरेको शिक्षा तथा युवा खेलकुद बिकास शाखा प्रमुख हरिश प्रकाश भट्टले बताए ।
निङ्लासैनी खेलमैदानमा भएको प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले बताए । प्रतियोगिताको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, निवर्तमान प्रदेशसभा सदस्य लीलाधर भट्ट, नगर प्रमुख पुष्करराज जोशी ‘लख्खाभाइ’, नगर उप्रमुख कौशिलाचन्द तथा बडा अध्यक्ष लगायतको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्रबहादुर चन्दले बताए । ।