Sagun Khabar
पिएम कप एकदिवसीय पुरुष क्रिकेट:सुदूरपश्चिम छनौट बैतडीमा शुरू

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उद्घाटन खेलमा दार्चुला र डडेल्धुरा भिडिरहेका छन् । दार्चुलाले टस जितेर ब्याटिङ गरिरहेको छ ।

उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी लगायतको उपस्थिति रहेको थियोे ।

Atrya hospital

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा एलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा एलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै एलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।

प्लेट च्याम्पियनसिपको विजेता टोलीले एलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्लेट च्याम्पियनसिपको उद्घाटन खेल पुस ८ गते दार्चुला र डडेल्धुरा खेल्नेछन् भने एलिट च्याम्पियनसिपको उद्घाटन खेल पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update