बैतडी –बैतडीको डिलाशैनीमा गाउँपालिकास्तरीय अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता शुरु भएको छ । वडा नं ५ स्थित हरिनगर खेलमैदानमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ८ टीमको सहभागिता रहेको छ ।
यही पौष ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५१ हजार पुरस्कार दिइनेछ भने दोश्रो हुने टीमलाई नगद ३१ हजार पुरस्कार दिइनेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टीमलाई १६ हजार प्रदान गरिने डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।
प्रतियोगितामा सहभागी हुने टीमका लागि दर्ता शुल्क ५ हजार तोकिएको थियो ।
स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ७, २०८० १५:१५
प्रतिक्रिया दिनुहोस्