बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकामा भोलिदेखि अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकास्तरीय उक्त भलिबल प्रतियोगितामा ८ टीमले सहभागिता जनाउने भएका छन् ।
वडा नं ५ स्थित हरिनगर खेलमैदानमा शुरु हुने भलिबल प्रतियोगिता पौष ९ गते सम्म सञ्चालन हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।
उक्त प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५१ हजार पुरस्कार दिइनेछ भने दोश्रो हुने टीमलाई नगद ३१ हजार पुरस्कार दिइनेछ । यस्तै प्रतियोगितामा तृतीय हुने टीमलाई १६ हजार प्रदान गरिने डिलाशैनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले बताए ।
प्रतियोगितामा सहभागी हुने टीमका लागि दर्ता शुल्क ५ हजार तोकिएको थियो ।
स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ ।