Sagun Khabar
बैतडीमा आइतबार पनि नयाँ संक्रमित शुन्य, ४ जना संक्रमणमुक्त 

बैतडी –बैतडीमा आइतबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ५० जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि शनिबार पनि बैतडीमा नयाँ संक्रमित शुन्य रहेका थिए । 

यस्तै आज चार जना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

जिल्लामा अहिले ८० जना सक्रिय संक्रमित रहेका छन् । पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३६ जना, सुर्नया गाउँपालिकामा १० जना, पाटन नगरपालिकामा ९ जना, दशरथचन्द नगरपालिकामा ७ जना र मेलौली नगरपालिकामा २ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १४:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update