Sagun Khabar
नेविसंघ सिटीइभीटी बैतडीको अध्यक्षमा भट्ट
Atrya hospital

बैतडी –नेपाल विद्यार्थी संघ सिटीइभीटी बैतडीको अध्यक्षमा तेजराज भट्टलाई मनोनयन गरिएको छ । भीमदत्त प्राविधिक शिक्षालय पाटनमा अध्ययनरत भट्टलाई अध्यक्षको जिम्मेवारी दिईएको हो । 

नेपाल विद्यार्थी संघ सिटीइभीटी केन्द्रिय समन्वय समितिका अध्यक्ष कार्यवाहक अध्यक्ष निराजन खड्काको अध्यक्षतमा बसेको बैठकले भट्टलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो ।

आफ्नो जिम्मेवारी कुशलतापूर्वक, संगठनको हितमा रहेर पूरा गर्ने नवनियुक्त अध्यक्ष भट्टले बताए । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update