Sagun Khabar
बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा अषाढी जात्रा 

बैतडी –बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आजदेखि जात्रा (अषाढी मेला) शुरु भएको छ । हरेक बर्ष सो मन्दिरमा असार शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिरका मुखिया पदमबहादुर चन्दले जानकारी दिए । असार शुक्ल अष्टमीको राती भगवतीको बिशेष पूजाआजा हुने उनले बताए । 

अषाढी जात्रामा त्रिपुरासुन्दरी भगवतीको मूल मन्दिरबाट कापडी गाउँमा रहेको मन्दिरमा सवारी हुने चलन रही आएको त्रिपुरासुन्दरी रियाँसी भण्डार निर्माण समितिका अध्यक्ष हिम्मतबहादुर चन्दले जानकारी दिए । उनले भने ‘यो जात्रामा भगवतीको सवारी कपाडी गाउँ हुन्छ । त्यसपछि कपाडी गाउँबाट भगवती माताको फिर्ती सवारी हुन्छ ।’

Atrya hospital

यो जात्रामा पनि राँगा तथा बोकाको बलि हुने गरेको चन्दले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्षको दशैं, कार्तिक शुक्ल अष्टमी, चैते दशैं र असार शुक्ल अष्टमीमा मेला तथा जात्रा लाग्ने गरेको छ । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा लाग्ने मेला तथा जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो बर्ष कोरोना भाईरसका कारण अन्य बर्षको तुलनामा दर्शनार्थी कम आएका चन्दले बताए । भारतीय दर्शनार्थीहरु पीसीआर रिपोट लिएर मात्रै नेपाल प्रवेश पाउने भएकाले उनीहरु कोरोना परीक्षण गरेर आएका चन्दले बताए । उनले भने ‘यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी आउने गर्दछन् । कोरोना भाईरसको जोखिमका कारण यो बर्ष भारतीय दर्शनार्थीको संख्या कम छ ।’

यस्तै जात्रामा दर्शन गर्न जानेहरुलाई अनिवार्य मास्क लगाउन भनिएको छ भने त्रिपुरा फाउन्डेसन र मेला व्यवस्थापन समितिको तर्फबाट निशुल्क मास्क वितरण कार्य समेत भईरहेको चन्दले बताए ।

यस्तै मेलामा भीडभाड कम गर्नका लागि मेला लाग्ने क्षेत्रमा पसल थाप्न दिइएको छैन्  भने मेला क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिर नेपाल सरकारले घोषणा गरेका एकसय पर्यकटीकय गन्त्व्यमा समेत पर्दछ । त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।  

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ११:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update