Sagun Khabar
बैतडीको पाटनमा भैंसी वितरण कार्यक्रम : रकम भुक्तानी नभएको नगरपालिकाको भनाई 

बैतडी –बैतडीको पाटन नगरपालिकाले भैंसी वितरण कार्यक्रम अन्तर्गत रकम भुक्तानी नभएको जनाएको छ । भैंसी वितरणका बिषयमा विभिन्न ठाउँबाट आलोचना र असन्तुष्टि व्यक्त भएपछि नगरपालिकाले कार्यविधिमा टेकेर भैंसी खरीद प्रक्रिया अघि बढाउन सहकारी संस्थासंग सम्झौता गरेको स्पष्ट पारेको छ । 

नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भैंसी खरीदका लागि आत्मविकास बहुउद्देश्यीय सहकारी संस्थासंग सम्झौता भएको र सम्झौता अनुसार काम भए नभएको अनुगमन गरिने जनाइएको छ ।

Atrya hospital

लाभग्राहीहरुले तोके अनुसार भैंसी पाए नपाएको एकीन गरेर मात्रै भुक्तानी हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

पाटन नगगरपालिकाले संघीय र प्रदेश सरकारको सहयोगमा किसानहरुलाई वितरण गरेको भैंसीको प्रतिभैंसी लागत ७० हजार रहेको र यो निकै महंगो भएको भन्दै आलोचना भईरहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update