Sagun Khabar
लागूऔषध सहित कैलालीमा एक युवक पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली –कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका–४ बस्ने २१ वर्षीय अर्जुन साँउदलाई प्रहरीले लागूऔषध सहित पक्राउ गरेको हो ।

शुक्रबार राति सोही वडाको राजिपुरबाट उनलाई ११० मिलीग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update