Sagun Khabar
बैतडीको पञ्चेश्वरमा कोरोनाका सक्रिय संक्रमित शुन्य 
Atrya hospital

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमितको शुन्य भएका छन् । शनिबार एकजनाले कोरोना जितेसंगै गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोनाको दोश्रो लहर फैलिएपछि पञ्चेश्वरमा पहिलो पटक कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । यसअघि बैतडीको शिवनाथ गाउँपालिका,पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य भएको भएपनि फेरी संक्रमित फेला परेका छन् ।

कोरोना भाईरसकै कारण बैतडीमा गएको वैशाख २० गतेदेखि निषेधाज्ञा जारी रहेको छ । साउन १५ गते सम्म जारी रहेको निषेधाज्ञामा केही खुकुलो भने पारिएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १७:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update