Sagun Khabar
बैतडीमा शनिबार नयाँ संक्रमण शुन्य, ४ जना संक्रमणमुक्त 

बैतडी –बैतडीमा शनिबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ५५ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आज चार जना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक÷एक जना र डडेल्धुराका दुई जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

जिल्लामा अहिले ८४ जना सक्रिय संक्रमित रहेका छन् । पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा १० जना, पाटन नगरपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ८ जना र मेलौली नगरपालिकामा ३ जना रहेका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update