Sagun Khabar
बाढीले नहरको बाँध भत्काएपछि बैतडीको पञ्ज्युनयाँमा सिँचाईको समस्या 
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ६ स्थित पञ्ज्युनयाँमा नहरको बाँध भत्किएपछि किसानहरुलाई समस्या भएको छ । जमाडी नदीमा आएको बाढीले नहरको बाँध भत्काएको स्थानीय बीरसिंह कार्कीले जानकारी दिए । उनले भने ‘बाढीले नहरको बाँध भत्काएपछि सिँचाईको समस्या भएको छ । यसले गर्दा रोपाँई गर्न समस्या भएको छ ।’

जमाडी नदीमा असार २५ गते आएको बाढीले नहरको बाँध भत्काएपछि स्थानीयहरुलाई रोपाँई गर्न समस्या भएको छ । पञ्ज्युनयाँमा मकै भित्र्याएर रोपाँई गर्ने गरिन्छ । नहरको बाँध भत्किएपछि गाउँमा सिँचाईको समस्या भएको उनले बताए । 

पञ्ज्युनयाँमा ८० परिवारको बढी खेत रहेको छ । नहरको बाँध भत्किएपछि सिँचाईको समस्या भएको स्थानीय रतन कार्कीले बताए । बाढीले पुरै बाँध भत्काएपछि नहरमा पानी ल्याउन समस्या भएको उनले बताए । नहरमा पानी नआउँदा सिँचाईको समस्या भएको छ । उनले भने ‘सिँचाई नहरमा पानी नआएपछि समस्या भएको छ । बाँध भएको ठूलो गल्छी परेकाले पानी सञ्चालन गर्न समस्या भएको छ ।’ 
 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  ११:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update