Sagun Khabar
बैतडीमा ६ महिनाको अवधिमा २७ मानव अधिकार उल्लंघनका घटना : इन्सेक 
Atrya hospital

बैतडी –बैतडीमा पछिल्लो ६ महिनामा २७ ओटा मानव अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । गएको जनवरीदेखि अहिले सम्म छ महिनाको अवधिमा २७ ओटा मानव अधिकार उल्लंघनका घटना भएका इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए । 

पछिल्लो ६ महिनामा जिल्लामा ६ ओटा बलात्कार, दुई बल्तकार प्रयास, १३ घरेलु हिंसा र महिला हिंसा। तीन हत्या, एक बालविवाह, एक बहुविवाह र एक स्वास्थ्यकर्मीमाथि दुव्यवहारका घटना भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

बर्ष पुस्तकको अर्धबार्षिक समीक्षा कार्यक्रममा जिल्ला प्रतिनिधि बडुले जिल्लामा अझै पनि मानव अधिकार उल्लंघनका घटना भईरहेका भन्दै यसमा सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताए । बिहीबार भएको समीक्षा कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १०:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update