Sagun Khabar
बैतडीको पाटनमा अखण्ड योग साधना शुभारम्भ

बैतडी-बैतडीको पाटनमा अखण्ड योग साधना शुभारम्भ भएको  छ । नगरपालिकाको  आयोजना  तथा पतञ्जली योग समिति बैतडीको  सहयोगमा अखण्ड योग साधना सुरु भएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए ।

 बिहिबार बिहान  नयाँ सहरको आयोजना  कार्यालयको सभाहलमा एक कार्यक्रमको  आयोजना गरेर अखण्ड योग साधना कार्यक्रमको शुभारम्भ गरिएको  उनले  बताए । जीवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गरिएको  बताइएको  छ ।

Atrya hospital

“स्वस्थ नागरिक स्वच्छ नगर, आफ्नै लागि पहिलो प्रहर, जीवनजगत सबैका लागि स्वस्थ शरीर सबैका लागि” भन्ने नाराका साथ जीवन विज्ञानसँगै अखण्ड योग साधनाको आयोजना गरिएको  उपप्रमुख बोहराले बताए । सो कार्यक्रममा योग गर्न सिकाइदै  छ ।

 स्वस्थ रहनका लागि मानजीवनमा योगको महत्वपूर्ण भूमीका रहेको उनको भनाई छ । आसन प्राणायाम  गर्दा नसा च्यापिएको , मुटुरोग सम्बन्धि, स्वास रोगकका लागि योग आवश्यक रहेको योगकर्मीहरुको भनाई  छ ।   योगले फिटसेन राख्नुका साथै चित्त शुद्धि ,मन समेत शान्त राख्ने काम गर्ने उनिहरुको भनाई  छ ।

व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधनको  रुपमा  योग मानिन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्दछ । पछिल्लो समय शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प मानिएको  छ । 

अखण्ड योग साधना शुभारम्भ कार्यक्रममा बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी , पाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी , पतञ्जली योग समितिका पदाधिकारी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update