Sagun Khabar
गरिब जनताले भोट दिएर जनप्रतिनिधि, आसेपासेलाइ मोजमस्ती  

बैतडी- जनप्रतिनिधिहरुले चुनावका बेला रोजगारीका अवसर प्रदान गर्ने भाषण गरेपनि रोजगारी  नमिलेको  बैतडीका युवाहरुले  गुनासो गरेका छन् । चुनावको  बेला जनप्रतिनिधिहरुले रोजगारीका अवसर सिर्जना गर्ने बताएपनि आफुहरुले रोजगारी नपाएका  युवाहरुले गुनासो गरेका हुन् ।

पटक पटक नेताहरुले आफ्नै ठाउँमा  गरि खाने बातावरण सिर्जना गर्ने भने पनि आफुहरुले  भारतकै  भर पर्नुे  परेको  सुर्नयाका युवा महादेव भट्टले बताए । झुट्टा आश्वासन दिएर चुनाव जिते पनि युवाहरुले रोजगारी नपाएका उनले बताए । चर्का भाषण गरेर युवालाई रोजगारी प्रदान गछौँ भनिएपनि घर खर्च चलाउन अहिले  पनि भारतनै जानु पर्ने बाध्यता रहेको यहाँको युवाहरुको  गुनासो छ ।

Atrya hospital

 युवाका समस्या कसैले नबुझेको उनको आरोप छ । रोजगारीको समस्या सामाधानका लागि आवाज उठिरहेपनि रोजगारी पाउन नसकिएको  पाटन नगरपालिकाका युवा बसन्त बोहराले बताए । चुनाव जितेकाहरुले पनि कार्यकर्तामुखि बजेट ल्याउने गरेका युवाहरुको भनाई छ । पहुँचभएका, नजिकका र आसेपासेहरुलाई  अनुदान र रोजगारी प्राप्त भएपनि गरिब जनता मारमा परेका छन् ।

बैतडीका विभिन्न पालिकाहरुमा जनप्रतिनिधिहरुले आफुनिकटकाहरुलाई  जागिर खुवाएका गुनासा पनि बढ्दै गएका छन् । पालिकाहरुमा जनप्रतिनिधिहरुले आफु निकटकाहरुलाई जागिर खुवाउन थालेपछि दक्षभएर पनि गरिब जनताका छोराछोरी पछाडि  परेका छन् । यस्तै सिपविकासका तालिमहरु पनि प्रभावकारी नभएका यहाँका नागरिकहरुको  भनाई  छ ।

सिप विकास तालिम सञ्चालनमा  लाखौँ बजेट खर्च  भएपनि प्रभावकारी नभएका स्थानीय नरेन्द्र विष्टले बताए । समाजमा नेता कहलिएकाहरुले आफुनिकट स्रोतबाट  बजेट ल्याएर तालिम चलाएपनि ती तालिम भत्ता खाजामा सिमित हुने गरेका छन् ।

 पालिकाहरुमा कार्यकर्तामुखि बजेट आउने  गरेको  र आसेपासेलाइ मोजमस्ती  भएको  यहाँका नागरिकहरुको  भनाई  छ । यहाँका जनप्रतिनिधिहरुले आवश्यकता र औचित्यको आधारमा बजेट निर्माण गर्नुभन्दा कार्यकर्तामुखि वितरित योजनामा जोड दिने गरेका गुनासा छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update