Sagun Khabar
बैतडीमा आत्महत्याका घटना बढेपछि गाउँमा पुगेर सचेतना फैलाउँदै  प्रहरी

बैतडी-बैतडीमा आत्महत्याका घटना बढेपछि प्रहरीले  गाउँमा पुगेर सचेतना फैलाउन  थालेको छ । पछिल्लो  समय आत्महत्याका घटना बढ्दै  गएपछि  प्रहरीले  रोकथामका लागि  गाउँमा पुगेर सचेतना फैलाउन थालेको  हो ।

 जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा १७ जनाले आत्महत्या गरिसकेका छन् । जसमध्ये १० पुरुष ५ महिला र दुई बालिका रहेका छन् । गत बर्ष पनि  २५ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङकले देखाएको छ  ।  

Atrya hospital

विभिन्न मानसिक यातना, घरेलु हिंसा लगायतले आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीको निष्कर्ष छ । आत्महत्याका घटनाहरुको अनुसन्धान गर्दै जाँदा मानसिक समस्या भएकाहरुले बढीजसो आत्महत्याको बाटो रोजेको देखिएको  प्रहरीको भनाई छ ।

आत्महत्याका घटना बढेपछि प्रहरीले अभियान मार्फत गाउँमा पुगेर सचेतना फैलाउन थालेको  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक  खेम विक्रम केसीले जानकारी दिए । आत्महत्या गर्नेको संख्या बढ्दै गएपछि प्रहरीले न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर सामुदायमा जान थालेको उनले बताए । यस्तै विद्यालयस्तरमा पनि कार्यक्रम जारी रहेका प्रहरीको  भनाई  छ ।

जिल्ला भित्ररहेका प्रहरी युनिटहरुबाट खटिएको  टोलिले विद्यालय तथा समुदायमा गएर सचेतना फैलाउन थालेको हो । वडा कार्यालय,विद्यालय र  टोलहरुमा गएर लागू औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम,बालविवाह न्यूनीकरण तथा रोकथाम,आत्महत्या न्यूनीकरण तथा रोकथाम लगायतका बिषयहरुमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भैरहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update